नेपालमा खुला विश्वविद्यालय स्थापनाका ला गि सहयोग गर्न एनआरएनहरु प्रतिवद्ध

Dear All,

गैरआवासीय नेपाली दिवसको पूर्व सन्ध्यामा नेपाल सरकार शिक्षा मन्त्रालय र
गैरआवासीय नेपाली संघको संयुक्त तत्वाधानमा नेपालमा खुल्ला विश्व
विद्यालयका विषयमा आज काठमाडौंमा एक वृहद अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

नेपालमा खुल्ला विश्व विद्यालय स्थापनाका लागि नेपाल सरकारको प्रयासलाई
साकार रुप दिन सरकार तथा गैरआवासीय नेपाली संघ बीच यस सम्बन्धमा सहकार्य
गर्ने सम्बन्धी सहमती पनि भएको छ ।

सहमतीपत्रमा आपसी सहकार्यका माध्यमबाट खुल्ला विश्व विद्यालय स्थापनाका
लागि एनआरएनका तर्फबाट सम्भावित सवै प्रकारको सहयोग गर्ने उल्लेख छ ।
नेपाल सरकार शिक्षा मन्त्रालयले खुल्ला विश्वविद्यालय सम्बन्धी प्रस्ताव
बनाई मन्त्रिपरिषदमा पेश गर्ने तयारी गरेको छ ।

आर्थिक-सामाजिक अवस्था, भौगोलिक विकटता जस्ता अवरोधहरुका कारण आजसम्म पनि
उच्चशिक्षाको पहुंचबाट टाढा रहन वंचित नेपाली जनताको लागि खुल्ला
विश्वविद्यालय उच्च शिक्षा हासिल गर्ने एक प्रभावकारी माध्यम हुने सो अन्तरक्रियामा जोड दिइयो ।

विभिन्न ५६ भन्दा बढी देशहरुमा रहेर खासगरि शैक्षिक एवं
विज्ञान/प्रविधिका क्षेत्रमा कार्यरत गैरआवासीय नेपालीहरुले आर्जन गरेको
ज्ञान, शीप, पूंजी, अनुभव र अन्तर्राष्ट्रिय शैक्षिक सम्बन्ध नेपालमा
उच्च शिक्षाको विकासमा निकै प्रभावकारी हुने सो अवसरमा बताइयो ।

यो सहमतीले खुला विश्वविद्यालयको स्थापनाका लागि सरकारले अगाडी बढाएको
योजनालाई साकार रुप दिन एनआरएन एउटा वलियो साझेदारको रुपमा अगाडी आएको विश्वास गरिएको छ ।

शिक्षा मन्त्री सर्वेन्द्रनाथ शुक्ल, खुला तथा दुर शिक्षाका लागि
अन्तर्राष्ट्रिय परिषद तथा अथवास्का विश्वविद्यालय अष्ट्रेलियका अध्यक्ष
डा. फ्रीट्स प्यानीकोइक (Dr. Frits Pannekoek, President of International Council for Open and Distance Education and President of
Athabasca University, Australia ) को समुपस्थितिमा सहमतीपत्रमा शिक्षा
मन्त्रालयका सहसचिव जनार्दन नेपाल र एनआरएनका तर्फबाट संघका अध्यक्ष
देवमान हिराचनले हस्ताक्षर गर्नुभयो । सहमतीपत्र एनआरएनका कार्यकारी
निर्देशक होमराज आचार्यले पढेर सुनाउनुका साथै स्टेरिङ कमिटिका
सदस्यहरुको नाम पनि पढेर सुनाउनु भएको थियो ।

सो अन्तरक्रिया कार्यक्रमका मुख्य वक्ता डा. फ्रीट्सले खासगरी विकासशिल
तथा विकासोन्मुख देशहरुमा खुला विश्वविद्यालयले उच्चशिक्षाको राम्रो सेवा
दिइरहेका र एशियाली मुलुकहरुमा पनि यस्ता विश्वविद्यालय स्थापना गर्ने
क्रम बढ्दै गएकाले, भौगोलिक एवं आर्थिक सामाजिक परिवेशका कारण पनि
नेपालमा यो अवधारणा अझ बढी प्रभावकारी हुने विश्वास प्रकट गर्नुभयो ।
उहांले खुला विश्वविद्यालयले प्रदान गर्ने शिक्षाको गुणस्तरमापनका लागि
भने वलियो संयन्त्र निर्माण हुनुपर्नेमा जोड दिंदै नेपालमा खुला
विश्वविद्यालय स्थापनाको परिकल्पनालाई सफल पार्न आफनो ज्ञान र शीप अनि
आफ्नो विश्वविद्यालयको तर्फबाट एनआरएनका माध्यमबाट सहयोग गर्ने विश्वास दिलाउनु भयो ।

सो अवसरमा मन्त्री शुक्लले खुला विश्वविद्यालय स्थापना र संचालनका लागि
शिक्षा मन्त्रालय निकै अगाडी बढी सकेको र यसमा सहकार्य गर्न एनआरएनबाट
देखाइएको प्रतिवद्धताले अन्तर्राष्ट्रिय अनुभव समेत भित्र्याई यसलाई
प्रतिफलमुखी बनाउन सघाउ पुग्ने विश्वास प्रकट गर्नुभयो ।

एनआरएनका अध्यक्ष देवमान हिराचनले शिक्षा, विज्ञान तथा प्रविधिका
क्षेत्रमा देशले प्रगति गर्न नसकेसम्म देशको विकास नहुने अनुभव सवै
एनआरएनहरुले गरेकाले देशको शिक्षा, विज्ञान प्रविधिको विकासमा नेपाल
सरकार शिक्षा, मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)
संग सहकार्यका लागि एनआरएनले हातेमालो गरेको जानकारी गराउनु भयो ।

कार्यक्रममा नेपालमा खुल्ला विश्वविद्यालय स्थापनाका लागि विदेशमा रहेर
प्रभावकारी भूमिका निर्वाह गरिरहनु भएका डा. प्रमोद ढकाल लगायतले
हालसम्मको प्रगति, अन्तर्राष्ट्रिय अनुभव आदान प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयका
उपकुलपतिहरु, शिक्षा मन्त्रालयका वरिष्ठ पदाधिकारीहरु, एनआरएनहरु, शिक्षा
विद्हरु तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

२०६७ असोज २१

Source
http://www.nrn.org.np/medianewsdetail.php?id=2203

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.